बर्षाले रोकिएको यूएईसँगको फाइनल खेल आज : नेपाल उपाधि नजिक

काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज (मंगलबार) हुँदैछ । यो खेलमा नेपाल बलियो अवस्थामा छ । खेल हिजो (सोमबार) जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट खेल सुरु हुनेछ ।

कीर्तिपुर मैदानमा खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा छ । आजको ‘रिजर्भ डे’ मा बिहान ९ बजे यूएईले खेल थाल्नेछ । नेपाली स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक विकेटको नजिक छन् । आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ ।

ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ । एकदिवसीय वरीयतामा नेपाल १४औं तथा यूएई १९ औँ नम्बरमा छ । आजको खेलमा दर्शकलाई निःशुल्क प्रवेश गराउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

 
 
  
 

You may also like