रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

सो पार्टीको आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको थियो । बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गरिएको रास्वपाका एक नेताले जानकारी दिए ।

वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट प्रनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि दलको नेता रहेका डीपी अर्यालले लामिछाने निर्वाचित भए लगत्तै राजीनामा दिएका थिए ।

 
 
  
 

You may also like