नागरिक मजदुर संघ रुपन्देहीद्वारा अन्तरक्रिया कार्यक्रम

१३७ औं अन्तराष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । श्रमिक दिवसको अबसरमा नागरिक मजदुर संघ रुपन्देहीले अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ ।श्रमिकहरुको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष मनाईने श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले श्रमिक मजदुरको हक, अधिकार, समान न्यायका लागि निरन्तर सर्घष गर्नु पर्नेमा जोड दिएका छन् ।

नागरिक मजदुर संघ रुपन्देहीका सभापति सरस्वती थारुको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, नागरिक उन्मुक्ति पार्टिका जिल्ला अध्यक्ष तुलसी थारु, पार्टिका केन्द्रिय सदस्य सत्यदेव चौधरी, विद्यावती थारु, थारु कल्याणकारी सभा रुपन्देहीका सहसचिव सल्यनारायण चौधरी, तिलोत्तमा सभापति आशा थारु, समाजसेवी कमलनारायण चौधरी, सारुख खाँन, दुर्गा थारु, भिम बहादुर थारु लगाएतले बोल्दैमनाइँदै आइएको छ।

नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिने चलन छ।मजदुरहरूले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।

चुनावी प्रचारसँगै अखिल नेपाल ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ ९स्वतन्त्र०लगायतका मजदुर संगठनर्ले यालीलगायतका विविध कार्यक्रम गर्दैछन्।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरू भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो। सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो।

अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो। प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो। मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो। विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।

 
 
  
 

You may also like