बुटवल मोवाइल संघ रुपन्देहीको तीन दिने उद्घोषण तालिम सम्पन्न

बुटवल।बुटवल मोवाइल संघ रुपन्देहीको आयोजनामा ३ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।  बुटवल मोवाईल संघ रुपन्देहीका पदाधिकारी तथा सदस्यहरुको वाक क्षमता अभिवृद्धिका लागि संघले आयोजना उद्घोषण तालिमको आयोजना गरेको हो ।

तालिममा रुपन्देहीका डेढ दर्जन मोवाईल ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

मोवाईल ब्यवसायी संघका अध्यक्ष बिष्णु ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा स्टेशमा कसरी बोल्ने, बोल्ने कलाको कसरी विकास गर्ने, स्टेश उद्घोषण, भाषणकला लगायतका विषयमा तालिम दिइएको थियो । संघका सचिव भुवन पाण्डेको संचालन तथा उपाध्यक्ष विकास गौतमको स्वागतमा भएको कार्यक्रममा संघका सल्लाहकार नारायण गौतम, शकुन्तला पोखरेल, कोषाध्यक्ष शालिकराम क्षेत्री लगायतले तालिममा सिकेका कुरालाई ब्यवहारमा कार्यान्वयन गर्नु आवश्यक रहेको बताउनुभयो ।

पत्रकार झविन्द्र देवकोटा र संघका प्रेस सल्लाहकार सुमन श्रेष्ठले सहजिकरण गर्नु भएको तालिममा ब्यवसायीक दक्षतावृद्धि तथा भाषणकला सम्वन्धि जानकारी गराइएको थियो ।

 
 
  
 

You may also like