भारतमा उपचाररत कांग्रेस नेता भण्डारी भोलि स्वदेश फर्कने

काठमाडौँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी भोलि (आइतबार) स्वदेश फर्किने भएका छन् ।

गएको फागुन ३ गते राति आफ्नै निवास काठमाडौँको बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा उनी गम्भीर घाइते भएका थिए । उनी भारतमा स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका हुन् ।

naya 1
salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उनी उपचारपछि भोलि बेलुका काठमाडौँ आइपुग्ने कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिएका छन् । भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्न र हिँड्न थालेका छन् । आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।

Hybrid bachat khata 1200×100 1
ncll
jagdamba.cement
rbbbb

 
 
  
 

You may also like