मंसिरमा बिहे गर्दै नायिका ऋचा शर्मा

by समतल अनलाइन

अभिनेत्री ऋचा शर्मा यतिखेर बिहेको तयारीमा छिन् । मंसिरमा बिहे गर्ने योजना बनाएकी उनी आफ्ना मिल्ने साथीहरु लिएर पोखरामा व्याचलर पार्टी मनाउन पुगेकी छन् । जसका कारण उनीहरुसँग पोखरमा पुगेका साथीहरुको सामाजिक संञ्जाल यिनै कुराहरुले भरिभराउ छ ।

अभिनेत्री प्रियंका कार्कीले त सामाजिक संञ्जाल इन्ष्ट्राग्राममा लामो लेख नै लेखेर यसबारे आम मानिसलाई बताएकी छन् । उनले लेखेकी छन्, हाम्री प्यारी साथी क्रृचा विवाह बन्धनमा बाँधिदैछिन् । साथै पपमा गएको र त्यहाँ गएपछि रमाइलो सकिन मुस्किल पर्ने भन्दै लोकेसनमा पोखरा लेखेकी छन् ।

नेपाली फिल्ममा जीवनको एक दशक विताइसकेकी शर्माले प्रेमी दिपेक्ष्य राणासँग बिहे गर्न लागेको बताईएको छ । दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् ।

 
 
  
 

You may also like