रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगरको क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान

तिलोत्तमा। रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगर समितीले २०८० सालको टेबल क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। “आपसी प्रेम र सदभाव”व्यवसायी एक हौ, सुरक्षित रहौ भन्ने मान्यतालाई मनन गर्दै सामाजिक सचेतना जगाउदै तिलोत्तमा-७ स्थित दल्का भलवारी स्थित संस्थाको आफ्नै सभाहलमा शुभकामना आदानप्रदान तथा टेबल क्यालेण्डर विमोचन गरिएको हो। रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगर समितीका अध्यक्ष चिरन्जीवी गैह्रे तथा प्रमुख अतिथी नेपाल विद्युतीय व्यवसायी महासंघका कोशाध्यक्ष प्रकाश चन्द्र पाण्डे, बिशिष्ठ अतिथी रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष लोकनाथ पोख्रेलले संयुक्तरुपमा ०८० सालको टेबलपात्रो सार्वजनिक गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी नेपाल विद्युतीय व्यवसायी महासंघका कोशाध्यक्ष प्रकाश चन्द्र पाण्डेले संस्था यस क्षेत्रमै सामाजिक कार्यमा एक कदम अगाडी रहेको र सबै व्यवसायीको हक अधिकार संरक्षणमा ठुलो भूमिका खेलेको बताउनुभएको थियो। सो कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथी रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष लोकनाथ पोख्रेलले यस्तो कार्यक्रमले भावनात्मक एकतामा सहयोग पुग्ने बताए ।

क्यालेण्डर प्रकाशन पछि गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका सल्लाहकार लक्ष्मण भट्टराई,नारायण बाबु बस्नेत,माधव ज्ञवाली, जिल्लाका पदाधिकारीहरु सान्तराज खनाल,केशव सिंह , चन्द्र कान्त भण्डारी , सुर्य कुँवर,बिष्णु भण्डारी , हरिलाल भण्डारी, अनिल कुँवर , जीवन पौड्याल, बिष्णु पाण्डे लगायतकाले शुभकामना आदानप्रदान गर्दै संथाले गरेको सामाजिक तथा व्यवसायिक चिन्तनको प्रशंशा गरेका थिए।कार्यक्रममा विद्युतीय व्यवसायी संग सम्बन्धित शुभचिन्तकहरुको व्यापक सहभागिता रहेको थियो।

 
 
  
 

You may also like