कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज (शनिबार) डलरको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ ३१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ६२ पैसा र बिक्री दर १६३ रूपैयाँ ३६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like