निजामती कर्मचारी युनियन रुपन्देहीद्धारा नयाँ वर्षको शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन

बुटवल । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन गरेको छ।
शुक्रवार युनियनले बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन गरिएको हो। नेपाली काङ्ग्रेस रुपन्देही सभापति रामकृष्ण खाण,युनियन रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डे,केन्द्रिय उपाध्यक्ष एव लुम्बिनी अध्यक्ष मदन गौतम, रुपन्देही क्षेत्र २ सभापति फर्शुराम ढकाल,सचीव प्रजापल गिरि लगायतले बिमोचन गरेका थिए।
कार्यक्रममा बोल्दै काङ्ग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले कर्मचारीहरुमा एकता कायम हुनुपर्ने बताउदै यसले कुनै कर्मचारी समस्यामा परेमा खम्बा बनेर उभिन मिल्ने बताए।
उनले नया वर्ष २०८० को शुभकामना दिदै आगामी वर्षमा देशको अर्थतन्त्र बलियो बनाउन सबै लाग्नुपर्ने बताए।

कार्यक्रममा युनियन रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डे,केन्द्रिय उपाध्यक्ष एव लुम्बिनी अध्यक्ष मदन गौतम, रुपन्देही क्षेत्र २ सभापति फर्शुराम ढकाल,सचीव प्रजापल गिरि , बुटवल अध्यक्ष टेकराज पन्थी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्कालगायतले बोलेका थिए।

 
 
  
 

You may also like