कालापानी क्षेत्रबाट अनाधिकृत रुपमा तैनाथ भारतीय सेना हट्नुपर्छ : भीम रावल

by समतल अनलाइन

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावलले कालापानी क्षेत्रबाट भारतले अनाधिकृत रुपमा तैनाथ गरका भारतीय सेना हटाउनुपर्ने माग गरेका छन् ।

रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौं गरेको साक्षात्कारमा सीमासम्बन्धी वार्ताको अवसरमा पारेर भारतीय सेना हटाउन उपयुक्त हुने बताएकाे हाे ।

लिम्पियाधुरा, लिपुलेक र सुस्तालगायतका कालापानी क्षेत्रका भू–भाग नेपालकै भएकोले त्यो फिर्ता गर्न सरकारले तत्काल सक्रिय कुटनीतिक कदम चाल्नुपर्ने बताएका छन् ।

उनले नेपालको भौगोलिक अखण्डता सुदृढ बनाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति जुटेको र सरकारलाई ठूलो शक्ति प्राप्त भएको समेत बताए ।

नेता रावलले भारतसँग सिमा विवादबारे वार्ता गर्न अहिलेको अवसरलाई सरकारले उपयोग गर्नुपर्ने धारणा राखे ।

रावलले नेपाल र भारतको सीमा क्षेत्रमा नेपालको सार्वभौम अधिकार रहेको प्रमाणित गर्ने ऐतिहासिक दस्तावेज, सम्झौता र व्यवहारसम्बन्धी तथ्यहरुलाई व्यवस्थित् रुपमा राख्दै सीमासम्बन्धी वार्तामा संलग्न व्यक्तिहरुलाई उपलब्ध गराईनुपर्ने बताए ।

त्यस्तै, रावलले नेपाल–भारत सीमा क्षेत्रमा हराएका, बिग्रेका, भत्केका वा बिगारिएका स्तम्भहरुको तुरुन्त खोजी गरि तीनको पुनःस्थापना वा पुनः निर्माण गरिनुपर्नेपनि माग गरे।

साक्षात्कारमा कांग्रेसका नेता रमेश लेखकले भारतीय सुरक्षा बल बसेको कालापानी र लिपुलेक नेपालको भुमि हो भन्ने कुरामा कुनै दुविधा नरहेको भन्दै त्यसलाई नेपालले आफ्नो नियन्त्रणमा लिएर उपयोग गर्नुपर्नेमा जोड दिए ।

राजपाका नेता महेन्द्र राय यादवले नेपालको इतिहासमा पहिलो पटक दुई तिहाईको सरकारलाई राष्ट्रिय सहमती जुटेकाले नेपाल भारत सीमामा हुने गरेका सम्पूर्ण समस्याहरुको एकसाथ समहती खोज्नुपर्नेमा जोड दिए ।

समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी सर्वदलीय बैठकमा सहभागी नभएपनि उक्त सहमतीलाई सकारात्मक रुपमा लिएको बताए । उनले इतिहासमा नेपालको सिमाना र भुमि तथ्यसंगत रुपमा स्पष्ट रहेकाले नेपाली जनताले दिएकमो समर्थनको आधारमा सकारले आफ्नो कदम अगाडि बढाउनुपर्ने धारणा राखे ।

 
 
  
 

You may also like