थ्रि स्टारलाई हराउँदै सुदुरपश्चिम ११ तिलोत्तमा गोल्डकपको फाईनलमा

बुटवल। बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाईनलमा सुदुरपश्चिम ११ प्रवेश गरेको छ । बुधबार एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो सेमिफाईनल खेलमा विभागिय टिम थ्रि स्टार क्लवलाई १–० ले हराउंदै सुदुरपश्चिम ११ फाईनलमा प्रवेश गरेको हो ।

सुदुरपश्चिम ११, २२ औं तिलोत्तमा गोल्डकपमा फाईनलमा पुग्ने पहिलो टिम भएको छ । सदुरपश्चिम ११ पहिलो पटक फाईनल चरणमा पुगेको हो । सुदुरपश्चिम ११ का लागि एक मात्र निर्णायक गोल खेलको ८६ औं मिनेटमा फागुराम थारुले गरे । बुधबारको खेलमा सुदुरपश्चिम ११ का विष्णु चौधरी म्यान अफ दी म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत विहिबार सेमिफाईनलको दोस्रो खेल फ्रेण्डर्स क्लव र मनाङ मस्र्याङदीका बीच दिउंसो साढे ३ बजे हुनेछ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयां र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयां एक थान मोटरसाइकल पुरस्कार पाउंदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ ।

 
 
  
 

You may also like