सयपत्री गोल्डकप : सुनौलो संगम सेमीफाईनलमा

२४ कार्तिक २०७६, आईतवार

स्वस्तिक श्रेष्ठ
बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत आजको खेलमा सुनौलो संगम युवा क्लब देविनगर विजयी भएको छ । सुनौलो संगमले चितवन–११ माथि ३–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।

रामनगर खेलमैदानमा भएको रोमान्चक खेलको ३७ औ मिनेटमा सुनौलोका रंजित थापाले गोल गर्दै अग्रता लिएको थियो । यसैगरि सुनौलोका कान्छा गुरुङले खेलको ४४ औ तथा मोहन थापाले खेलको ६५ औ मिनेटमा गोल गरेका थिए । खेलमा सुनौलोका कान्छा गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

 

सोमबार तेस्रो क्वाटरफाईनल खेलमा फर्साटिकर युवा क्लब फर्साटिकर र अभिषेक चर्च ब्याईज क्लब रजहरका बिचमा हुने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया