मणिग्राममा माछापुच्छ्रेको १२६ औं शाखा

by समतल अनलाइन

तिलोत्तमा । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत मणिग्राममा १२६ औं शाखा कार्यालय स्थापना गरेको छ ।

मणिग्राम शाखा कार्यालयको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले सबै क्षेत्रका जनतालाई वित्तीय पहुँच पु¥याउनुपर्नेमा जोड दिंदै सर्वसाधारणलाई सहज ढंगले सेवा प्रदान गर्न आग्रह गरन् । उनले उद्योग, व्यवसाय, कृषि, महिला उद्यम जस्ता क्षेत्रमा सहुलियतपूर्ण कर्जा उपलव्ध गराएर उद्योगी व्यवसायी उत्पादन गर्न पनि आग्रह गरिन् ।

नेपाल राष्ट्रबैंक भैरहवा शाखाका निर्देशक राजेन्द्र भट्टराईले मुलुकभर वित्तीय पहुँच वृद्धि हुँदै गएको, प्रदेश पाँचका सबै स्थानीय तहमा बाणिज्य बैंकको पहुँच पुगेको उल्लेख गर्दै कृष, उद्योग र स्वरोजगारमूलक व्यवसायको क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

बैंकका अध्यक्ष डा। विरेन्द्र प्रसाद महतोले बैंक उद्योगी र व्यापारी जन्माउने संस्था भएको भन्दै व्यवसाय गर्न चाहनेका लागि वित्तीय संस्थाबाट प्राप्त हुने कर्जा सबैभन्दा सजिलो र भरपर्दो माध्यम हुने बताए ।

माछापुच्छ«े बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको बैंकका मणिग्राम शाखा प्रमुख लक्ष्मण अर्यालले जानकारी दिए । कार्यक्रममा बैंकका भविश्वर डुम्रे, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा। सूर्य राना लगायतले पनि बोलेका थिए । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुने शाखा प्रमुख अर्यालले बताए ।

 
 
  
 

You may also like