प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले अस्ती मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । २०७६ साल माघ १ गते टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए ।
त्यही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न रिट निवेदकले माग गरेका छन् ।
केही दिनअघि सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट निवेदन दर्ताको आदेश दिने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको थियो ।

 
 
  
 

You may also like