72
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १३९ रुपैयाँ ०८ पैसा र बिक्री दर १३९ रुपैयाँ ७१ पैसा रहेको छ ।
यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ शून्य पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।