राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

by समतल अनलाइन

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक आज अपराह्न १२ बजेर ३१ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८÷०७९ सभा समक्ष पेस गर्नेछन् ।

त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नेछिन् ।

 
 
  
 

You may also like