लुम्बिनीमा प्रदेश स्थापना दिवस मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशले आज (बुधबार) आफ्नो स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसका अवसरमा प्रदेशमा सार्वजनिक बिदा समेत दिइएको छ ।

पाँच वर्षअघि आजकै दिन पहिलाे पटक प्रदेश सरकार गठन भएको सम्झनामा स्थापना दिवस मनाउने गरिएको हो । २०७४ फागुन ३ गते शंकर पोखरेलले मुख्यमन्त्रीको शपथ खाई सरकार गठन गरेका थिए ।

झण्डै साढे ३ वर्ष पोखरेल लुम्बिनीको मुख्यमन्त्री रहे । अघिल्लो संसदीय कार्याकालको बाँकी समय कुलप्रसाद केशी मुख्यमन्त्री बनेका थिए । २०७९ सालको चुनावपछि लीला गिरिले प्रदेश सरकारको नेतृत्व गरेका छन् । स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

 
 
  
 

You may also like