बागमती प्रदेश सभाको आज बैठक बस्दै

by समतल अनलाइन

मकवानपुर । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज (आइतबार) बस्ने भएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काका अनुसार प्रदेश सभा बैठकको लागि कार्यसूची तयार पार्न बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको छ । प्रदेश सभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।

 
 
  
 

You may also like