राष्ट्रियसभा उपाध्यक्षको साझा उम्मेदवार चयन गर्न विपक्षी गठबन्धनको बैठक बस्दै

by समतल अनलाइन

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षको साझा उम्मेदवार चयन गर्न आज (आइतबार) विपक्षी गठबन्धनको पनि वैठक बस्ने भएको छ ।

हिजो (शनिबार) सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन । सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीले भने आफ्नो पार्टीबाट उम्मेदवारी नहुने जानकारी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका थिए ।

गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले भने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरबारमा बैठक बोलाए पनि उम्मेदवारको नाम कांग्रेसले घोषणा गरेको छैन । आजको बैठकमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बारेमा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबीच छलफल हुनेछ ।

 
 
  
 

You may also like