एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

by समतल अनलाइन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पाँचौं केन्द्रीय समिति बैठक आज (आइतबार) पनि जारी रहने भएको छ ।
काठमाडौँमा शनिबारबाट शुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।

अध्यक्ष नेपाल, महासचिव भुषाललगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठक आज समापन गर्ने तयारी छ । प्रतिवेदनमाथि छलफल गर्न १० समूह बनाइएको छ । आज प्रतिवेदनमाथि छलफल सकेर निष्कर्ष निकालिने भएको छ ।

 
 
  
 

You may also like