गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

by समतल अनलाइन

गुल्मी । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्म्ेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ । गत १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो ।

टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा १२ माघमा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो ।

गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरु दुबैले हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत गुल्मीसँग अनुमति लिने प्रहरीको तयारी छ ।

 
 
  
 

You may also like