बुटवलमा प्लेकार्ड प्रदर्शन गर्दै विश्व क्यान्सर दिवस मनाइयो

by समतल अनलाइन

बुटवल । बुटवलमा विश्व क्यान्सर दिवस मनाईएको छ । हेरचाहमा हुने असमानताको अन्त्य गरौं भन्ने विस्वव्यापीका मुल नाराका साथ आज विश्व क्यान्सर दिवस मनाइएको हो । प्रत्येक बर्षको फेबरुअरी ४ तारीखलाई विश्व क्यान्सर दिवसको रुपमा मान्ने चलन रहेको छ । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देही जिल्ला शाखाले आज बुटवलको मिलनचोक नयाँ बसपार्क क्षेत्रको मुख्य राजमार्गमा क्यान्सर रोगका बिषयमा जनचेतनामूलक प्लेकार्ड प्रदर्शन कार्यक्रम गरेको छ ।

संस्थाका जिल्ला सभापति खिम बहादुर हमालले सहभागीलाई जनचेतनामूलक प्लेकार्ड हस्तान्तरण गर्दै औपचारिक शुरूवात भएको उक्त कार्यक्रममा यस क्षेत्रमा कृयाशिल लायन्स क्लब अफ बुटवलतिलोत्तमा लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी, लायन्स क्लब अफ शंकरनगर बाटिका, लायन्स क्लब अफ बुटवल देबिनगर, लायन्स क्लब अफ ज्योति, मानव अधिकार तथा शान्ति समाज, फुलवारी गाईज, स्वयंसेवीका महिला समूह, ग्लोरी बोर्डिङका विद्यार्थीहरु, उद्योगी, व्यवसायी, पेशाकर्मी, तरुण युवाहरु, स्वास्थ्यकर्मी लगायतको उल्लेख्य उपस्थिति भएको कार्यक्रम संयोजक एवं संस्थाका उपसभापति बीना न्यौपानेले जानकारी दिनुभयो ।

देश, समाज र पुरै विश्वलाई क्यान्सर रोगबाट हुने जोखिम र जनधनको सम्भाबित क्षति न्यूनीकरणका लागि नागरिक समाज र राज्य पक्षले सहकार्य गर्दै क्यान्सर हुनै नदिने दिशा तर्फ हातेमाले गर्नुपर्नेमा जोड दिदै क्यान्सर रोग सरकार, नागरिक समाज वा व्यक्तिको एकल प्रयासबाट मात्र नियन्त्रण र निर्मूल हुनसक्दैन क्यान्सर मुक्त समाज निर्माणका लागि सबै पक्षको इमानदार सामुहिक प्रयत्न भयो भने सम्भव छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम सफल भएको संस्थाका सचिव प्रजापाल गिरीले बताउनु भयो ।

कार्यक्रममा चिकित्सकहरु डा एन बि थापा, डा युवराज शर्मा भण्डारी लगायत संस्थाका सल्लाहकार मधुसूदन गैह्रे, सह कोषाध्यक्ष पुनम पौडेल, सद्स्यहरु हरिप्रसाद अर्याल, रमेश पराजुली, इन्दिरा पाण्डे, निमा थारु लगायतको उपस्थिति थियो ।

 
 
  
 

You may also like