गुल्मी जुनियाँ चिदीपानी तराई सम्पर्क समाजको अध्यक्षमा थापा

by समतल अनलाइन

बुटवल।गुल्मी जुनियाँ चिदीपानी तराई सम्पर्क समाजको आठा‌ैं साधारणसभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ । चौँथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

समाजको अध्यक्षमा कृष्णबहादुर थापा,उपाध्यक्ष सुरेश थापा,सचिव खिमबहादुर खत्री,कोषाध्यक्ष ओमप्रकाश भण्डारी चयन भएका छ ।

त्यस्तै सदस्यहरूमा पुष्पा खत्री,पार्वती भण्डारी ,गिरिप्रसाद थापा,रूपा खत्री,अमृत शाही रहेका छन् । तिलोत्तमाको शंकरनगरमा भएको साधारणसभामा जेष्ठ नागरिक र युवापुस्ताका डाक्टर नेरिना शाही,डा. सुमित्रा खत्रीलाई सम्मान समेत गरिएको छ ।as.jpg

सो अवसरमा संरक्षक क्या. यमबहादुर खत्री,रूपसिंह थापा,डा.डिबि खत्री,निवर्तमान अध्यक्ष खडक बहादुर शाही,अध्यक्ष कृष्णबहादुर थापा,डा. सुमन खत्री,शशिधर भण्डारी,छविलाल भण्डारी, उपाध्यक्ष सुरेश थापा लगायतले बोल्दै समाजलाई सामाजिक क्षेत्रमा अग्रसर गराउनुपर्ने बताए ।

उनीहरुले अन्य समाज भन्दा आफूहरु समाजका लागि धेरै योगदान गरेको समेत दाबी गरे । समाजकै तर्फबाट सत्यवती गाँउपालिका ७ जुनियाँ श्यामलाल थापाका छाेरा केशव थापाको दुबै मृगाैला फेलभएकोमा सहयाेग स्वरुप १ लाख १७ हजार हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष खडक बहादुर शाहीले नागरिक अनलाइनलाई बताए ।

बम्घाकोट प्रवेशद्वार निर्माण गरेर आगामी फागुनभित्रै मन्दिर समितिलाई हस्तान्तरण गर्ने जनाइएको छ ।

 
 
  
 

You may also like