तिलोत्तमामा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता विकास तालिम

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता विकास तालिम प्रदान गरेको छ । कार्यक्रमको दोश्रो दिन जनप्रतिनिधि र कर्मचारी लाई नगरपालिकाले तालिम प्रदान गरेको हो । पहिलो दिन कर्मचारीलाई तालिम प्रदान गरेको नगरपालिकाले सेवाग्राहीका लागि सहज सेवा उपलब्धताका लागि तालिम सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका मेयर रामकृष्ण खाण, उपमेयर जागेश्वरीदेवी चौधरी , वडाअध्यक्ष तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले कर्मचारीहरुको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने बताउनुभयो। क्षमता बिकास तालिममा सहभागी हुँदै उपप्रमुख जगेश्वर देवी चौधरीले तालिमले कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताउनुभयो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कर्मचारी र जनप्रतिनिधिमार्फत सेवाग्राहीले सहज रुपमा सेवा पाउन र सेवालाई थप चुस्त दुरुस्त बनाउन यस्तो तालिमले सहयोग पुर्याउने हुँदा तालिमको आयोजना गरिएको बताउनुभयो।

तालिमको दोस्रो दिन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई नेपाल सरकारका पुर्व मुख्य सचिव हरिकृष्ण बासकोटा र लुम्बिनी प्रदेश मुख्य मन्त्री कार्यालयका कानुन सचिव राजेन्द्र थापाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी, लगायतका कार्यालयका २ सय बढी पुर्णकालिन कर्मचारी समेतको सहभागिता थियो ।

 
 
  
 

You may also like