सांसद चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

by समतल अनलाइन

दाङ । प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध पारेका छन् ।

शुक्रबार प्रदेश सभाको बैठक शुरू हुने बित्तिकै उन्मुक्ति पार्टीका सांसद चौधरीको तत्काल रिहाइको माग गर्दै विरोध जनाएका हुन् । उनीहरूले सांसद चौधरीलाई रिहा गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

सांसदहरूले नाराबाजी गरेपछि सभामुख वसन्त घर्तीले प्रदेश सभाको बैठक स्थगित गरेका छन् । केही समयका लागि बैठक स्थगन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सम्पत्तिमा आगजनीको मुद्दामा दोषी ठहर भएका सांसद चौधरीलाई माघ १९ गते बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो । उनलाई कैलाली कारागार चलान गरिएको छ ।

 
 
  
 

You may also like