प्रदेश नं. ५ को अस्थायी मुकाम बुटवलमा खानेपानीको मुख्य समस्या

by समतल अनलाइन

नारायण वली
बुटवल । प्रदेश नं. ५ को अस्थायी मुकाम बुटवल क्षेत्रमा खानेपानीको प्रयाप्त उपलव्धता नभएका कारण यहाँका स्थानियवासीहरु खानेपानीको चरम अभाव विगत देखि नै झेल्दै आईरहेका छन् । खानेपानीका कारण निकै लामो समय सम्म कष्ट अंगाल्दै आईरहेका बुटवल वासीहरुका लागि उचित खानेपानीको व्यवस्थाका लागि अझै सम्म कुनै पनि निकायले महत्वपुर्ण कदम चाल्न नसेकेकोे छैन ।

छिमेकी जिल्ला पाल्पा वाट भएर स्थानिय तिनाउ नदीमा वग्ने वर्षेनी पानीको सतह घट्दै गईरहेकाले बुटवल आसपासमा पानी सतह सुक्दै गएको स्थानिय मदन पौडेलले वताएका छन् । यता पानीको मुहान सुक्दै गएकाले रुपन्देहीका केही समथर खेतीयोग्य क्षेत्रमा खानेपानी र सिँचाईको समस्या देखा पर्न थालेको तिलोत्तमा नगरपालिका वडा नं. १ का किसान खिमलाल पाण्डेको भनाई रहेको छ ।

बुटवल प्रदेश नं.५ को अस्थायी मुकाम भए संगै बढ्दो जनसङ्ख्याका कारण आगामी दिनहरुमा खानेपानीको थप समस्या विकराल वन्दै जाने केही जानकारहरु वताउँछन् । जानकारहरु भन्छन् – सुक्दै गएको तिनाउ नदीलाई सदैव सञ्चिती गर्नका नेपाल सरकारले अगाडि सारेको कालीगण्डकी डाईभर्सन वैकल्पिक समाधानको वाटोलाई समयमै निर्माण गर्न नसके खानेपानीको चरम देखा पर्न सक्ने उनीहरुको ठम्याई ।

 
 
  
 

You may also like