देवराज घिमिरे सभामुखका लागि सुयोग्य र निष्पक्ष व्यक्ति : राजेन्द्र लिङ्देन

by समतल अनलाइन

काठमाडौं । उपप्रधान तथा उर्जा जलस्रोत तथा सिँचाई मन्त्री अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखका उम्मेदवार देवराज घिमिरे सभामुखका लागि सुयोग्य र निष्पक्ष व्यक्ति भएको दाबी गरेका छन् ।

आज (बिहीबार) को संसद बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले घिमिरेलाई मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् । सुवास नेवाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै लिङ्देनले सबैलाई मिलाएर लैजान सक्ने क्षमता घिमिरेमा भएको बताए ।

घिमिरे फरक राजनीतिक व्यक्ति भएपनि लामो समयदेखि राजनीतिमा लागेको नेता भएको लिङ्देनले बताए । सभामुखका लागि सक्षम व्यक्ति भएको टिप्पणी गरेका छन् ।

 
 
  
 

You may also like