लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री गिरीले आज शपथ लिँदै

by समतल अनलाइन

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री गिरीले दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमाले नेता गिरी बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

 
 
  
 

You may also like