कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रूपैयाँ ९२ पैसा र बिक्री दर १४० रूपैयाँ ५६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ०० पैसा र बिक्री दर १५८ रूपैयाँ ७२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like