अमेरिकामा विमान सेवा ठप्प

by समतल अनलाइन

काठमाडौं । अमेरिकामा सम्पूर्ण विमान सेवा ठप्प भएको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशनको कम्प्युटर सिस्टममा गडबडी हुँदा सबै विमान रोकिएको बीबीसीले जनाएको छ ।

फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एएफए) का अनुसार कम्प्युटर सिस्टममा देखिएको गडबडी ठिक गर्ने प्रयास भइरहेको छ ।
पाइलटलाई आफ्नो रुटमा कुनै खतराको आशंका हुँदा अलर्ट पठाउने सिस्टममा गडबडी हुँदा समस्या आएको हो । पूरै देशको एअरस्पेसमा असर पुगेको एएफएले बताएको छ ।

 
 
  
 

You may also like