82
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ०९ पैसा र बिक्री दर १४१ रूपैयाँ ७३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १४ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।