उच्च भू–भागमा बर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज (मंगलबार) बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने मौसमविदले जनाएका छन् । प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना छ ।

हिमाली भू–भागमा हल्का हिमपात र तराईका भू–भागमा हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like