प्रधानमन्त्रीमा प्रचण्डको दावी पनि स्वाभाविक हो, तर कांग्रेसको नेतृत्व उपयुक्त : महत

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सबैभन्दा ठूलो दल भएकाले कांग्रेसले प्रधानमन्त्री पाउने कुरा स्वभाविक भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवले बालुवाटारमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा प्रवक्ता महतले कांग्रेसबाट प्रधानमन्त्री बन्ने कुरा स्वभाविक भएको बताएका हुन् ।

संसदीय दलको निर्वाचन केही दिनमै हुने र अरु दलको सहयोग लिएर सरकार बनाउने भएकाले एकताको सन्देश दिन पनि सर्वसम्मत नेता चयनको प्रयास भइरहेको जानकारी दिएका छन् ।

उनले भने, ‘प्रचण्डजीले पनि प्रधानमन्त्री दाबी गर्नु भएको छ । यसलाई पनि हामी स्वभाविक लिन्छौं । तर सबै रूपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ ।’

 
 
  
 

You may also like