अमेरिकाले गायिका गायिका आस्था राउतलाई अध्यागमनबाटै फर्काइ दियो

by समतल अनलाइन

काठमाडौं । गायिका आस्था राउतलाई अमेरिकाले फर्काइ दिएको छ । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी आस्थालाई अमेरिकाले इमिग्रेसनबाटै फर्काइ दिएको हो । भिजिट भिसामा अमेरिका गएकी आस्थालाई इमिग्रेसनले भिजिट भिसामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने भन्दै फर्काइदिएको हो । उनलाई पर्फमेन्स भिसा लिएर आउन भनिएको छ ।

आस्थाले आफू अमेरिकाबाट फर्कनु टेक्निकल समस्या भएको बताएकी छन् । उनले भनिन्, ‘भिजिट भिसामा यस अगाडि म पटक–पटक अमेरिका पुगेर कार्यक्रम गरेर फर्किएको हो । अहिले भने भिजिट भिसा हुँदैन, पर्फमेन्स भिसा चाहियो भनेर फर्कायो ।’

उनले अमेरिकाको नियम परिवर्तन भएका कारण आफूलाई फर्काइएको हुनसक्ने बताएकी छन् । इमिग्रेसनले नेपालमा रहेको अमेरिकन दूतावासमा गएर सल्लाह गर्न भनेको थियो । गत डिसेम्बर १२ मा फर्किएकी आस्था अमेरिका दूतावास जान भने भ्याएकी छैनन् ।

 
 
  
 

You may also like