समयमा पार्टी एकताको काम सम्पन्न नहुंदा बिकास र समृद्दीले गति लिन सकेन : गृहमन्त्री थापा

by समतल अनलाइन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले समयमा पार्टी एकताको काम सम्पन्न नहुंदा बिकास र समृद्दीले गति लिन नसकेको बताएका छन ।

नेकपा रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले ३ महिनामा सक्ने लक्ष्य राखिएको एकता प्रकृया पुरा गर्न २ वर्ष लागेको उल्लेख गर्दै एकता प्रक्रियाको ढिलाईले कार्यकर्ताहरुमा अन्यौलता उत्पन्न भई सरकारको काम प्रभावकारी बन्न नसकेको बताए ।

उनले राजनितीक परिवर्तनको कार्यदिशा पुरा भएको बताउंदै मुलुक अव समाजबादको कार्यदिशामा प्रवेश गरेको जिकीर गरे । समाजबादको अर्को नाम समृद्दी भएको भन्दै बादलले समृद्द नेपाल र सुखि नेपाली बनाउन सरकारले बिकासका पुर्वाधारहरु निर्माणमा लागिरहेको बताए ।

५ नम्बर प्रदेश स्तरिय सुरक्षा गोष्ठीमा भाग लिन आउनुभएका गृहमन्त्री बादललाई नेकपा प्रदेश कार्यालयमा रुपन्देही पार्टी जिल्ला कमिटी अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदीले स्वागत गरेका थिए ।

 
 
  
 

You may also like