लेभिस बाई लाईम एण्ड लेमनको सेवा सुभारम्भ

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा रेष्टुरेन्ट ब्यवसायलाई स्थापित गरेको युवाहरुले नया रेष्टुरेन्टको सेवा शुभारम्भ गरेका छन । विदेशको अध्ययन र अनुभवलाई उपयोग गरि ५ जना युवाहरुले गोलपार्कमा लाईन एण्ड लेमल ग्रुप अफ हस्पिटालिटीको समुहले लेभिस बाई लाईम एण्ड लेमन रेष्टुरेन्ट सुभारम्भ गरेका हुन ।

पर्यटनको सम्भावनालाई मध्येनजर गरि होटल ब्यवस्थापन अध्ययन गरेका युवाहरुले रुपन्देहीलाई कर्मथलो बनाएका हुन । बुटवल उपमहानगरपालिका वडा नंं ११ कालिकानगरमा लाईम एण्ड लेमन र रिफ्रेस दुई वटा रेष्टुरेन्ट तथा चितवन भरतपुरमा समेत रिफ्रेस क्याफे सफलतापूर्वक संचालन गरिरहेका सागर पौडेल रेष्टुरेन्ट सेवामा भबिष्य भएको बताए । करीब १ करोड लगानीमा रेष्टुरेन्ट तयार भएको उनले बताए ।

रेष्टुरेन्टको एक कार्यक्रमका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष समुन्द्र जिसि, क्रिकेटर शक्ति गौचन, वडा नं ३ का वडाअध्यक्ष लालप्रसाल बश्याल, सदस्य लिला प्रसाद श्रेष्ठ, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका महासचिव माधव खनालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका छन । देशको आर्थिक विकासमा होटल ब्यवसायको योगदान महत्वपूर्ण हुने भन्दै संघका अध्यक्ष जिसीले सरकारबाट होटल तथा रेष्टुरेन्ट ब्ययवसायमैत्री वातावरण ल्याउन आग्रह गरे ।

पाच नम्बर प्रदेश पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएको दाबी गर्दै उनले यहा नया होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम जारी रहेको बताए । सरकारले शान्ति, सुरक्षा र पर्यटकिय नगरी घोषणा गरेपनि त्यसको प्रत्याभुति हुने काम गर्न नसकेको उनले दुखेसो गरे । धेरै लगानी रहेको होटल उद्योग धराशायी हुने अवस्था आईपरेको भन्दै रात्रीकालिन सेवा शुरु गरी पर्यटकीय गन्तव्य बनाउन सुझाव दिए ।

लाईन एण्ड लेमल ग्रुप अफ हस्पिटालिटीका संचालक रोमित बज्राचार्य, सागर पौडेल, अमृत गुरुङ र गोबिन्द देवकोटा रहेका छन । होटल रेष्टुन्टमा विदेशको राम्रो अनुभव बटुलेका युवा टिम हुदा पनि सफलता मिलेको उनिहरुको दाबी छ । रेष्टुेन्टका संचालक गुरुङ बार टेन्डर तथा हेड सेफ देवकोटा लण्डन र साईप्रसमा लामो अनुभव रहेको छ । पारीवारिक वातावरणमा जन्मदिन, विवाहउत्सव लगायतका दिवस मनाउने र रमाईलोका समेत सेवा उपलब्ध रहेको छ ।

संचालक रोमित बज्राचार्यले विदेशको अनुभवलाई स्वदेशमा केहीगर्ने योजना बनाएका युवाहरुलाई सरकारबाट साथ जरुरी रहेको बताए । आफुहरुले ब्यवसायसंगै सामाजिक कार्यमा अग्रसर हुने उनले बताए । रेष्टुरेन्टमा नेपाली, ईन्डियन डिससंगै चाईनिज, कन्टिनेन्टल खाना उपलब्ध हुने छ ।

सेफ, सहयोगी गरि ३० जनाले रोजगार पाएको उनले बताए । रेष्टुरेन्टको अगाडी पार्किङको समेत राम्रो ब्यवस्था रहेको छ ।

 
 
  
 

You may also like