हट्यो कपिलवस्तुमा कर्फ्यु

by समतल अनलाइन

कपिलवस्तु । कृष्णनगरमा बिहीबार बिहान ११ बजे देखि लागेको कर्फ्यु शनिबार बिहानबाट हटेको छ । मूर्ति बिसर्जनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा लगाइएको कर्फ्यु प्रशासनले शनिबार बिहानदेखि हटाएको हो ।

लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।

बुधबार राति १० बजेदेखि १ बजेसम्म दुई धार्मिक समुदायबीच् झडप भएको थियो। लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको विवाद हिंसाको तहसम्म पुगेको थियो । स्थिती सामान्य बनाउन प्रहरीले करिब ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।

हिंसामा दुई समुदायबीच ६ जना प्रर्दशनकारी र १२ जना प्रहरी घाइते भएका थिए।

 
 
  
 

You may also like