डोटीमा बस दुर्घटना एकको मृत्यु, ३० घाइते

by समतल अनलाइन

डोटी । डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिंडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

घटनामा ३० जना घाइते भएको अनुमान प्रहरीले गरेको छ । घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक केवी वोहराले जानकारी दिएका छन् ।

४० जना यात्रु सवार उक्त बस सडकबाट करिब ४० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

 
 
  
 

You may also like