छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने राष्ट्रपति भण्डारीको भनाइ

by समतल अनलाइन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्व-२०७६ को अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रेस रिलिज जारी गर्दै छठ पर्वको अवसरमा स्वादेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना ब्यक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीको विज्ञप्तीमा भनिएको छ–‘छठ पर्वमा सूर्य देवता र छठी माताको पूजा आराधाना गरी हर्षोल्लासपूर्वक मनाइने प्रचलन रहिआएको छ । यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

यसका साथै राष्ट्रपति भण्डारीले छठ पर्वले पारिवारिक जमघट गराउँदै आपसी तिक्तता मेटाएर सुमधुर सम्बन्ध कायम गर्ने बताउनुभएको छ ।

 
 
  
 

You may also like