युक्रेनलाई अत्याधुनिक वायुरक्षा प्रणाली उपलब्ध गराउने बाइडेनको घोषणा

by समतल अनलाइन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अत्याधुनिक वायुरक्षा प्रणाली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । युक्रेनको राजधानी किभसहित विभिन्न शहरहरुमा रुसले आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँग यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

युक्रेनलाई मद्दत गर्नका लागि जी सेभेनले आह्वान गरेको आपतकालीन बैठकअघि जेलेन्स्कीसँगको फोनवार्ताका क्रममा बाइडेनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उक्त फोन कलपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले युक्रेनको रक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री र अत्याधुनिक वायुरक्षा प्रणालीसमेत पठाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएका हुन् ।

यो वायु रक्षा प्रणालीले ड्रोन, मिसाइल र हेलिकप्टरमा आक्रमण गर्न सक्ने बताइएको छ । यस्तै बाइडेनले जेलेन्स्कीसँग बोल्दै अमेरिका र यसका सहयोगीहरुले रुसलाई उसको कार्यका लागि झन् भारी जवाफसहितको प्रतिक्रिया दिइरहने बताएका छन् । मास्कोले सोमबारको आक्रमण सैन्य सुविधाहरुमा लक्षित रहेको बताए पनि युक्रेनले भने रुसले नागरिक क्षेत्रहरुलाई लक्षित गरिरहको बताएको छ ।

 
 
  
 

You may also like