संविधान बचाउन लागि लोकतान्त्रीक गठबन्धनको जित अपरिहार्य – नेतृ भुसाल

by समतल अनलाइन

अर्घाखाँची । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले संविधानको रक्षा गर्दै संविधान बचाउन लागि लोकतान्त्रीक गठबन्धनको जित अपरिहार्य रहेको बताईन् ।

रिपोर्टस क्लव नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सन्धिखर्कमा भएको साक्षात्कार कार्यक्रममा नेतृ भुसालले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि पनि गठबन्धनको जित सुनिश्चित रहेको बताईन् ।

अर्घाखाँची जिल्लामा निर्वाचनमा जित्नै पर्छ, गठबन्धन दल एकतावद्व रूपमा अगाडि बढेका छौँ, जिल्लाको विकासका लागि काँग्रेसको योगदान धेरै छ । गरिब जनता धनी भए मात्रै विकासको महसुस हुने भएकाले कृषि र पशुपालनबाट जनताको आयस्तरमा वृद्धि हुने भएकाले गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताईन् ।

प्रदेश सभा (क) का लोकतान्त्रीक गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार विकले पुर्वाधार विकास सँगै कृषि र पशुपालनको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताए ।

प्रदेश सभा (ख) का उम्मेदवार तथा काँग्रेसका नेता कमल प्रसाद भुसालले पर्यटनको क्षेत्रबाट अर्घाखाँचीमा विकास सम्भव भएको बताए । उनले अर्घाखाँचीको विकासका लागि सुपादेउराली आएका पर्यटकलाई सन्धिखर्क, अर्घार मालारानी, छत्रदेव हुँदै पाणिनि सम्म लैजानेगरी वृहत् कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुशीला श्रीपालीले राजनितीक अस्तित्वका लागि अर्घाखाँचीमा गठबन्धनको जित हुनुपर्ने बताईन् ।

नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानले गठबन्धन भित्र एकजुट रहेको बताए । उनले अर्घाखाँचीको विकास र समृद्धिका लागि लोकतान्त्रीक गठबन्धनको जित हुनुपर्ने बताए ।

सोही अवसरमा नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा निर्वाचित प्रेमनारायण आचार्य, केन्द्रीय लेखा समिति सदस्य घनश्याम पौडेल, प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाललाई सम्मान गरिएको छ ।

कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, सदस्य रूद्रमणि भुसालको सञ्चालनमा सम्पन्न भएको हो

 
 
  
 

You may also like