डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

by समतल अनलाइन

काठमाडौं । पुँजी बजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ ।

मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ । सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी-आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ ।

 
 
  
 

You may also like