बुटवलमा लुम्विनी प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता

by समतल अनलाइन

बुटवल ।प्रदेश खेलकुद परिषद लुम्बिनीद्वारा नवौं र्राष्ट्रिय खेलकुद २०७९ को लागि प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिताको उद्घाटन एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको छ । उक्त छनौट प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले गरे ।
उक्त अवसरमा लुम्बिनी प्रदेशका वन तथा वातावरण शुरेन्द्र हमाल , प्रदेश खेलकुद परिषदका सदस्य सचिब जयप्रकाश भट्टराई लगायतले धारणा राखेका थिए ।
उक्त कार्यक्रममा तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाण, नेपाली सेना २२ नम्बर बाहिनीपति सहायक रथी नवराज गुरुङ , लुम्बिनी प्रदेश प्रहरी प्रमुख नलप्रसाद आचार्य, नेपाल ओलम्पियन संघ अध्यक्ष दिपक बिष्ट , मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनाल , लुम्बिनी प्रदेश शिक्षा तथा खेलकुद मन्त्रालयका उप सचिबद्दय थानेश्वर ज्ञवाली , मनोज कुमार गैर , रुपन्देही जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री ( हरि ) रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा , नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल , बुटवल उप–महानगरपालिका प्रवक्ता शिव राना , कालिका मानवज्ञान मा.वि का प्रधानाध्यापक दिनेश थापा , नवीन औधोगिक कदर बहादुर रीता मा. बि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेत , एथलेटिक्सका बरिष्ठ प्रशिक्षक मोहन घले लगायतको सहभागिता रहेको थियो।

उक्त अवसरमा नवीन औधोगिक कदर बहादुर रीता मा बि .का बिद्यार्थीहरु एक सय पचास जना स्काउट , एक सय आइ.टि.एफ.तेक्वान्दो , एक सय डब्लु. टि. एफ. तेक्वान्दो एक सय कराते र नृत्यमा गरि चार सय एकहक्तर बिद्यार्थीहरुको मार्चपासमा सहभागी भएका थिए । जसको नेतृत्व खेलकुद प्रशिक्षक नवराज खरेल र डब्लु . टि. एफ. तेक्वान्दो प्रशिक्षक गणेश कुवरले गरेका थिए । २१ जना बिद्यार्थीहरुले रोचक झ्याउरे नृत्य प्रस्तुत गरेका थिए जसको नेतृत्व नृत्य प्रशिक्षक अर्जुन शाह ठकुरीले गरेका थिए ।
साथै कालिका मानवज्ञानका विद्यार्थीहरुले पिटि प्रदर्सन गरेका थिए । उक्त नेतृत्व लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य हरि बहादुर ओलीले गरेका थिए ।

गण्डकी प्रदेशको पोखरामा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को लागि लुम्बिनी प्रदेश बाट ३६ बिधा मध्ये ३४ बिधाका खेलमा सहभागिता जनाउने भएको छ ।
लुम्बिनी प्रदेश शिक्षा तथा खेलकुद मन्त्री एवं प्रदेश खेलकुद परिषद लुम्बिनीका अध्यक्ष वसीउद्दिन खाको सभापतित्वमा पत्रकार सन्जु पौडेलको सञ्चालानमा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like