नेपाल फाइनलमा पराजित भएपछि प्रशिक्षकबाट कुमार थापाको राजीनामा

by समतल अनलाइन

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् ।

उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । ‘साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भने ।

सोमबार दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप खेलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो।

 
 
  
 

You may also like