गोठाटारमा गोली लागेका घाइते गार्मेन्ट व्यवसायीको मृत्यु

by समतल अनलाइन

काठमाडौं । राजधानीको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते गार्मेन्ट व्यवसायी लाल महोम्मदको मृत्यु भएको छ ।

सर्लाहीको हरिवनका ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि सोमबार साँझ गोली प्रहार भएको थियो ।

गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको दर्जीको शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

गोली लागेर सर्लाही गोडैता नगरपालिका २ मुस्लिम टोलका लाल मोहम्मल दर्जीलाई दुई जनाले गोली प्रहार गरेर फरार भएको खुलेको थियो ।

उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले बताए ।

रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानेको थियो । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like