58
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपेरिटेण्डेन डा इन्द्र ढकाल प्रवल जनसेवा श्री पदक वाट सम्मानित हुनुहुने भएको छ । संविधान दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा उहांको नाम घोषणा भएको हो । राष्टपती विद्या देवी भण्डारीद्धारा सम्मान गरिने बताईएको छ ।
सेवाका हिसाबले नेपालमै प्रथम हुन सफल अस्पतालको नेतृत्व गर्नु भएका डा ढकालले २० वर्ष स्वास्थ्य सेवामा आफ्नो समय व्यतित गर्नु भएको छ । व्यवस्थापकिय हिसाबले समेत सफल रहनु भएका उहांले यो सम्मानले थप जिम्मेबार र पेशाप्रति उत्तरदायी बनाएको बताउनु भएको छ ।संविधान दिवसमा अवसरमा सरकारले विभिन्न समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषणा गरेको छ ।