२० वर्षमुनिको एसियाकप फुटबल छनोट : नेपाल कतारसँग पराजित

by समतल अनलाइन

काठमाडौँ । २० वर्षमुनिको एसियाकप फुटबल छनोटमा नेपाल कतारसँग ३-१ गोल अन्तरले पराजित भएको छ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल कतारसँग ३-१ गोल अन्तरले पराजित भएको हो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २-० गोलले पराजित भएको थियो ।

कतारको लागि मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले एक-एक गोल गरे । नेपालले एउटा आत्मघाती गोल उपहार पाएको हो । यस जितसँगै कतारले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।

लगातार दुई खेलमा हार बेहोरेको नेपालले भने अङ्क जोड्न सकेको छैन । समूह ’बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ । समूह ’बी’ मा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बङ्गलादेश रहेका छन् । अब नेपालले भोलि आयोजक बहराइनसँग र अन्तिम खेल अर्को हप्ताको आइतवार बङ्गलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छन् ।

 
 
  
 

You may also like