बुटवलमा नेपाल महिला संघको प्रदेश स्तरीय प्रशिक्षण सुरु

by समतल अनलाइन
  • देशलाइ दुर्घटनामा पर्नबाट जोगाउन गठबन्धन गरीएको हो ः काँग्रेस सह महामन्त्री राठोर
    रेखा भुसाल

बुटवल । नेपाली काँग्रेसका सह महामन्त्री किशोर सिंह राठोरले देशलाइ दुर्घटनामा पर्नबाट जोगाउन पाँच दलिय गठबन्धन गर्नु परेको र आगामी निर्वाचनमा पनि यसले निरन्तरता पाउने बताएका छन ।

नेपाल महिला संघ केन्द्रिय कमिटिको आयोजनामा बुटवलमा भएको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै उनले कम्युनिस्टहरूलाइ लोकतन्त्र र विकासप्रति प्रतिबद्ध बनाउन गठबन्धन आवश्यक भएको बताए । ‘यो गठबन्धन कुनै दल विशेषलाई जोगाउनका लागि होइन, देशलाइ दुर्घटनाबाट बचाउन गरीएको हो । यही बास्तविकतालाइ स्वीकारेर आगामी निर्वाचनमा पनि गठबन्धनलाई विजयी बनाउनु छ’नेता राठोरले भने ।

नेपाल महिला संघ नेपाली काँग्रेसको मूल खम्बाको रुपमा रहेको उल्लेख गर्दै उनले महिला संघ बलियो भए मात्रै पार्टी सुद्धृढ र बलियो हुने जिकीर गरे । ‘महिला संघ पार्टीको त्यो महत्वपूर्ण अंग हो, जुन बलियो हुँदा पार्टी बलियो र सुदृढ हुन्छ । त्यसैले तपाइहरू अझै सक्रियताका साथ लाग्नुहोला’ सह महामन्त्री राठोरले भने । नेपाली काँग्रेस समावेसी पार्टी भएकाले पार्टी र राज्यका निर्णायक तहमा महिला सहभागिताको सुनिश्चितामा विशेष ध्यान दिइने बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले राज्य संचालनको जिम्मेबारी बहन गर्न सक्ने थुप्रै सक्षम र योग्न महिलाहरु काँग्रेसमा रहेकाले आम निर्वाचनको टिकट वितरणमा पार्टीले विशेष ध्यान दिनु पर्ने बताइन । महिला नेताहरु समानुपातिकमा मात्रै खुम्चिन नहुँने भन्दै उनले राष्ट्र निर्माणको अभियानमा प्रत्यक्ष निर्वाचनबाटै महिलाहरु अगाडी बढ्ने बताइन । गठबन्धन मुलुकको हितमा भएको यथार्त जनताले बुझीसकेकाले मंसिर ४ मा पनी नेपाली काँग्रेस सहित गठबन्धनलाइ नै जिताउने दावी गरीन ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रुपा बिक, गंगा साही, नेपाल महिला संघका केन्द्रिय अध्यक्ष उषा राउत मिश्र, काँग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री निमा गिरि,लुम्बिनी प्रदेश संसदिय दलका सचेतक निर्मला क्षेत्री, प्रेस युनियनका केन्द्रिय सल्लाहकार अनिता बिन्दु लगायतले बोल्दै पार्टीले टिकट वितरण गर्दा महिला उम्मेदवारलाइ प्राथमिकता राख्नु पर्नेमा जोड दिए । उनीहरूले गठबन्धनका नाममा महिलालाइ समानुपातिकमा मात्रै सिमित गर्न नहुँने तर्क गर्दै प्रत्यक्ष तर्फ सिफारिसमा परेका महिलाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनमा सिट मिलाउनु पर्नेमा जोड दिएका छन ।

सोमबार र मंगलबार दुइ दिन संचालन हुने प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ जिल्लाका महिला संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता छ । केन्द्रिय सदस्य इश्वरी न्यौपाने,निर्वाचन आयोगका पूर्व आयुक्त इला शर्मा र नेपाल प्रेस युनियनका केन्द्रिय सल्लाहकार अनिता बिन्दुले प्रशिक्षण दिनेछन ।

 
 
  
 

You may also like