काभ्रेको साँगामा यात्रुवाहक बसमा आगजनी

by समतल अनलाइन

काभ्रे । अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा आज अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ ।

रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

बा३ख ८०३४ नंको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार केही महिनादेखि यात्रुविहीन अवस्थामा रोकिराखेको बसमा आगजनी भएको हो ।

आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे छानबिन शुरु गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

 
 
  
 

You may also like