गुल्मीमा जिप दुर्घटना २ को मृत्यु ३ घाइते

by समतल अनलाइन

तिलाचन पाण्डे
गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलैमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । लु १ च ३५१४ नं को जिप मुसिकोट नगरपालिका वडा नं ९ को दाङसिङबाट ददल्का तर्फ जादै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

मृत्यु हुनेमा वडा नं ९ का अन्दाजी ७० बर्षिय राम प्रसाद खरेल र अन्दाजी ४५ बर्षकी नाम नखुलेकी महिला रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलले जानकारी दिए । घाइतेहरुमा मुसिकोट नगरपालिका वडा नं ७ का २४ बर्षिय भानुभक्त पौडेल , ८ बर्षिय सोनिया बिक , २६ बर्षकी बिष्णु बिक रहेका छन् । घाइतेहरुको बाग्लुङको हटियामा उपचार भइरहेको घलेले जनाए ।

जिपका चालक ज्ञान बहादुर बिक फरार रहेका छन् उनको खोजी कार्य जारी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

 
 
  
 

You may also like